बैद्यलाई चुनावमा नल्याए अशुभ हुन्छ : सूर्यवहादुर थापा


७ असोज, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यवहादुर थापाले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी लगायतका असन्तुष्ट दलहरुलाई सहमतिमा नल्याए चुनाव गरिए मुलुकमा असुभ हुने वताउनु भएको छ ।



उहाँले कुनै पनि दललाई बाहिर राखेर गरिने चुनाव सूर्यग्रहण लागेको सूर्य जस्तै हुने भएकाले वैद्य पक्षलाई सहमतिमा ल्याएर चुनावमा जाुन पर्नेमा जोड दिनु भयो । सोमवार आफ्नै निवास मालिगाउँमा पत्रकार सम्मेलन गरी अध्यक्ष थापाले भन्नुभयो,’वैद्य जीहरुलाई पनि सहमतिमा ल्याउनुपर्छ । यसका लागि सरकार, प्रंमुख चार दल र वैद्य मोर्चावीच छलफल हुनु जरुरी छ ।’ थापाले वैद्यहरुलाई बाहिर राखेर चुनाव गरिए पूर्ण संविधान नबन्ने भएकाले निर्वाचनमा जसरी पनि ल्याउनु पर्ने वताउनुभयो ।

मंसिर ४ को निर्वाचनलाई सारेर र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीशवाट राजीनामा दिएर भएपनि वैद्यलाई चुनावमा ल्याउनु पर्छ भन्न खोज्नु भएको हो भन्ने पत्रकारहरुको प्रश्नमा थापाले भन्नुभयो,’म यसवारेमा बोल्दिन । तर उहाँहरुलाई पनि चुनावमा ल्याउनु पर्छ भन्ने मेरो भनाई हो ।’ यद्यपी थापाले बैद्य विना मंसिर ४ मै चुनाव भएपनि आफूहरु सहभागी हुने स्पष्ट पार्नु भयो ।


0 comments

Write Down Your Responses