" योग गुरु रामदेव ६ घण्टा सम्म बेलायती भन्सारको नियन्त्रणमा "


असोज ५ गते ।योग गुरु बाबा रामदेवलाईबेलायतको विमान स्थल भन्सार कार्यालयले ६घण्टा नियन्त्रणमा लिएर छोडेको छ । बेलायतको हिथ्रो अन्तर्राष्ट्रिय विमान स्थलमा रामदेवलाई ६घण्टा नियन्त्रणमा लिएरछाडिएको बेलायतका भन्सार अधिकारीहरुले पुष्टि गरेका छन् ।रामदेवलाई नियन्त्रणमा लिएर भन्सारअधिकारीहरुले ‘भिजिटर भिसा’मा नभईव्यापारिक भिसामा आउनुको कारणबारेसोधेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलेजनाएका छन् ।



यस्तै रामदेवसँगरहेका केही औषधिको विषयमा पनि भन्सारअधिकारीहरुले प्रश्नउठाएको समाचारमा जनाइएको छ ।रामदेवका प्रवक्ता एस के तेजरावालाले भनेरामदेवले बोकेको औषधिको विषयमा प्रश्नउठाउनु आधारहीनभएको टिप्पणी गर्नुभएको छ ।

‘योग गुरु रामदेवलाई किननियन्त्रणमा लिइएको भन्ने विषयमा अझैपनि प्रष्ट हुन सकेको छैन’,रामदेवका प्रवक्ता तेजरावालालेभन्नुभयो, ‘उहाँले व्यक्तिगतप्रयोजनका सामानभएका एउटा सानो झोला बाहेककेही पनि बोक्नु भएको थिएन ।बेलायती अधिकारीहरुले उहाँलाई किननियन्त्रणमा लिइएको हो भन्नेविषयमा जानकारी दिनुपर्छ ।’रामदेव पतञ्जली योगपीठलेआयोजना गरेको कार्यक्रममा सहभागी हुनलण्डन जानुभएको थियो ।उहाँ स्वामी विवेकानन्दको १ सय २० औंजन्म जयन्तीमा सहभागी हुन आउँदो दुईहप्तासम्म लण्डनमै बस्ने कार्यक्रम छ ।एजेन्सीको सहयोगमा


0 comments

Write Down Your Responses