चन्दा माग्दै अखिलले लेख्यो एउटै कलेजलाई १६ चिठ्ठी
|
३ असोज, काठमाण्डौं । एमालेनिकट अनेरास्ववियुको बिहीबारदेखि सुरु हुने २१ औं राष्ट्रिय सम्मेलनका लागि चन्दा माग्दै एउटै कलेजमा १६ वटासम्म पत्र पठाएको पाइएको छ । अखिलका विभिन्न समूह, विभिन्न क्याम्पस कमिटीलगायतले सम्मेलनलाई सहयोग गर्न भन्दै काठमाण्डौं निस्ट, एसलगायतका कलेजमा १६ वटासम्म चिठी पठाएको हो ।
अखिलले सम्मेलनमा अर्थ संकलनका लागि ३५ हजार रसिद तथा चिठी छापेको थियो । तर, केन्द्रमा भने निकै कम रकम मात्र संकलन भएको नयाँ पत्रिकामा खबर छ । बिहीबारदेखि ५ असोजसम्म हुने सम्मेलनमा आधा करोडभन्दा बढी खर्च हुने अनुमान अखिल नेतृत्वको छ । चन्दाका लागि उपत्यकामा मात्र पाँच हजारभन्दा बढी चिठ्ठी काटिएको स्रोतको दाबी छ ।
अनेरास्ववियुका संयोजक माधव ढुंगेलले सम्मेलनको सहयोगका लागि चिठी पठाउने काम अव्यवस्थित भएको बताए । ढुंगेलले एउटै कलेजमा १६ वटासम्म चिठी गएको कुरा पनि स्वीकार गरेका छन् । उनले भने ‘धेरैतिरबाट केही कलेजमा १६ वटासम्म चिठी गएको पायौ, सबै चिठी फिर्ता गरेर सहयोग गर्न चाहेको रकम केन्द्रीय कमिटीको खातामा राखिदिन आग्रह गरेका छौं ।’
|
0 comments
Write Down Your Responses