चलचित्र हेर्दा प्रहरीको फन्दामा


काठमाडौं(अन्नपूर्ण): गोपीकृष्ण हलमा चलचित्र हेर्न गएका ४९ जना विधार्थी प्रहरिको फन्दामा परेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्ले जारि गरेको आचारसंहिताविपरीत कलेज लाग्ने समयमा फिल्म हेर्न चलचित्र हल पुगेका ती विद्यार्थीलाई प्रहरीले पक्राउ गरी आफन्तको जिम्मा लगाएको हो ।



शुक्रबार बिहान चलचित्र हेर्न पुगेका विभिन्न २१ वटा कलेजमा कक्षा ११ र १२ पढ्ने विधार्थीलाई प्रहरीले पक्राऊ गरेको थियो । परिषद्ले कलेज समयमा कलेजको पोसाकमै चलचित्र हेर्न र डिस्को जाने विधार्थीलाई पक्राउ गरी कलेजका प्रिन्सिपल र आफन्तको जिम्मा लगाउन प्रहरीलाई निर्देशन दिएअनुसार महानगरीय प्रहरी वृत्त गौशालाले ती विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

सेन्ट लेरेन्स क्याम्पियन ,काठमाडौं भ्याली, सहना हेराल्ड, इन्टेन्सिप, ब्रिटिस गोर्खा आदि कलेजका विद्यार्थीलाई आफन्त र सम्बन्धित प्रिन्सिपल बोलाएर जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।


0 comments

Write Down Your Responses