इराकमा १२ नेपालीको हत्या भएको आज ९ वर्ष पुरा
रोजगारका लागि इराक पुगेका १२ नेपालीको त्यहाँको आतंककारी समूहले बर्बरता पूर्वक हत्या गरेको आज ९ वर्ष पुरा भएको छ ।
रोजगारका लागि इराक गएका १२ नेपालीहरुको २०६१ साल भदौ १६ गते त्यहाँको आतंककारी समूह इस्लाम अल सुन्नाले घाँटी रेटेर र गोली हानेर विभत्स हत्या गरेको थियो ।
इराकमा नेपालीहरुको विभत्स हत्या भएपछि आक्रोसित नेपालीहरुले राजधानी लगायत मुलुकका विभिन्न म्यानपावर कम्पनीमा आगजनी तथा तोडफोड गरेका थिए । नेपालमा भड्किएको हिंसामा मुस्लिम समुदाय र म्यानपावर कम्पनीहरु निशानामा परेका थिए।
त्यसैले आजको दिनलाई वैदेशिक रोजगार व्यवसायी संघ संस्थाले कालो दिनका रुपमा मनाउँदै आएका छन् । त्यही घटनापछि नेपाल सरकारले इराकमा लगाएको प्रतिबन्ध अझैसम्म पनि फुकाएको फुकाएको छैन ।
सरकारले त्यहाँ काम गर्ने ३० हजारभन्दा बढी नेपाली युवालाई काम गर्न भने अनुमति दिएको छ । तर नयाँका हकमा प्रतिबन्ध यथावत छ, जो कार्यरत छन् उनीहरू फेरि स्वदेश आएर वैधानिक बाटोबाट फेरि जान सक्दैनन् ।
0 comments
Write Down Your Responses