National News
»
प्रचण्डलाई ३० भन्दा बढी ठाऊँबाट चुनाव लड्न निम्तो
प्रचण्डलाई ३० भन्दा बढी ठाऊँबाट चुनाव लड्न निम्तो
१० भदौ, काठमाण्डौं । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेषी जनतालाई आफूतर्फ आकर्षित गर्न मधेषबाट निर्वाचन लड्ने बताउँदै आएका छन् । बेला-बेलामा मधेषमा पुग्ने गरेका प्रचण्डलाई मधेषका ४ जिल्लाबाट सिफारिस गरिएको छ भने अन्य ३० भन्दा बढी स्थानबाट उनको नाम सिफारिस गरिएको छ ।
मंसिर ४ गते चुनावका लागि जिल्लाहरुबाट उम्मेदवारको नाम सिफारिस भइरहेको अवस्थामा मधेसको चार जिल्लाबाट उनको नाम सिफारिस भएको हो । प्रचण्डले भने धुनषाबाट चुनाव लड्ने पक्का भइसकेको छ । राष्ट्रिय मधेसी मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माका अनुसार सिरहा, धनुषा, महोत्तरी र नवलपरासीबाट उनको नाम सिफारिस भएको समाचार आजको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।
मधेषका चार जिल्लाबाट नाम सिफारिस भए पनि अध्यक्ष प्रचण्ड धुनषाबाट चुनाव लड्ने निश्चित भएको पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताए । मधेसका अन्य जिल्लाबाट पनि नाम सिफारिस भएको छ तर उम्मेदवारी दिने घोषणा पहिले नै भएका कारण प्रचण्डले मिथिलाको धनुषा जिल्लाबाट उम्मेदवारी दिने पक्का भएको तर कुन क्षेत्रबाट लड्ने भन्ने टुंगो नलागेको बताएका छन्
0 comments
Write Down Your Responses