कोही साथी डन बने कोही डाक्टर : जीवन लुइटेल


नायक जीवन लुइटेल र नेपालका चर्चित डनहरु बिच राम्रै सम्बन्ध रहेको बताइन्छ । जीवनको सिनेमा हेर्नका लागि कैयौ पटक डनहरु हलसम्म पनि पुगेका छन् । नेपाली सिनेमाका अहिलेका चल्तिका नायक जीवनको सम्बन्ध आखिर डनहरुसँग कति नजिक हो त, अनलाइनखबरसँग कुरा गदै उनले आफ्नो सम्बन्ध बाहिर बजारमा आएजस्तो नभएको बताए ।
जीवनले भने, सबै मानिसको आ आफ्नै दोस्ती हुन्छ । मेरो पनि धेरै साथीहरु छन् । म नायक बने, कोही डाक्टर बने त कोही डन बने, जीवनले भने । जीवनका अनुसार उनको अहिले नेपालमा डनको परिचियले चर्चित उनका साथीहरु पहिले यस्तो थिएनन् । तर समयको क्रम अनुसार कोही डन त कोही डाक्टर बनेको उनको तर्क छ ।


0 comments

Write Down Your Responses