Bichar
»
नियमित सम्भोग गर्नेले धेरै पैसा कमाउँछन्
नियमित सम्भोग गर्नेले धेरै पैसा कमाउँछन्
धन आर्जन र सम्भोगका बीचमा कस्तो सम्बन्ध होला ? यदि पेशेवर सम्भोग होइन भनेर सम्भोग गर्ने र गराउनेको धन आर्जनसँग कुनै सम्बन्ध हुँदैन । तर पछिल्लो अध्ययनले भने यो कुरालाई गलत सावित गर्दै धेरै सम्भोग गर्ने मानिसले धेरै पैसा कमाउने तथ्य पत्ता लगाएको छ ।

बेलायतको एन्जिला रस्किन विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कम्तिमा पनि हप्तामा ४ पटक सम्भोग गर्ने मानिसले सम्भोग कम गर्ने मानिसले भन्दा बढि पैसा कमाउँछन् । पेशा र शैक्षिक योग्यतामा ध्यान नदिने हो भने नियमित सम्भोग गर्ने मानिसले कार्यस्थलमा पाउने तलब वा ज्याला अर्थात् कमाउने पैसा सम्भोग कम गर्ने मानिसको भन्दा बढि हुने गरेको शोधकर्ताहरुको निष्कर्ष छ । शोधकर्ताहरुका अनुसार सम्भोग अर्थात् शारीरिक सामिप्यताको अभावले व्यक्तिको मथिंगलमा महत्वपूर्ण प्रभाव पार्छ । त्यसैले कार्यसम्पादनमा बढोत्तरी गर्न र मथिंगललाई स्थिर बनाउन मानिसलाई प्रेम र सम्भोग आवश्यक पर्छ ।
यसको अभावमा मानिसहरु एकान्तवासी, सामाजिक रुपमा निरास तथा डिप्रेसनको सिकार समेत हुने र त्यसले उनीहरुको कार्यसम्पादनमा असर पूराएर स्वतः कम कामका कारण कम ज्याला पाउने शोधकर्ता डाक्टर निक ड्राइडाकिस बताउँछन् ।
शोधका क्रममा २६ देखि ५० वर्ष उमेर समूहका साढे ७ हजार मानिसमा अध्ययन गरिएको थियो । यसमा एकल मानिस तथा समलिंगी जोडी समेत सहभागी गराइएको थियो । उनीहरुलाई आफ्नो स्वास्थ्य, यौनिक क्रियाकलाप, रोजगारीको अवस्था तथा कमाइको बारेमा प्रश्न सोधिएको थियो । त्यसक्रममा के पाइयो भने जो मानिस हप्तामा कम्तिमा पनि ४ पटक सम्भोग गर्थे उनीहरुले त्यसभन्दा कम सेक्स गर्ने मानिसले भन्दा ५ प्रतिशत बढि धन कमाउँथे ।
0 comments
Write Down Your Responses