चिकित्सकको चमत्कार, २ वर्षीय बालकको शरिरबाट निकालियो २ किलोको ट्युमर...(फोटोसहित) |


३ भदौ, काठमाडौ । मेडिकल साइन्सले बेला-बेलामा आफूलाई भगवानको दोस्रो रूप भएको प्रमाणित गर्ने गरेको छ । केही समय अघि भारतको वारणासीको बिएचयूको सरसुन्दर अस्पतालमा झारखण्डका दुई वर्षीय बालक अविनाशको पेटबाट दुई किलो ट्युमरको सर्जरी गरेर निकालिएको छ ।



बिएचयू अस्पतालको बाल शल्य विभागको स्पेशल चिकित्सकको टोलीले सफलतापूर्वक बालक अभिनाशको शरिरबाट उक्त ट्युमर निकालेको छ । अभिनाशको शल्यक्रिया गर्नका लागी चिकित्सकहरुले दुई घण्टा लगाएका थिए । शल्यक्रिया अगाडि अभिनाशको तौल मात्र ८ किलो थियो । शल्यक्रिया गरेपछी उनको तौल मात्र ६ किलो भएको थियो । अभीनाशको उमेर अनुसार उनको तौल निकै कम भएको चिकित्सकहरू बताउँछन् ।

अभीनाशका पिता समीर अभिनाशको यो समस्याको सुरूवात देखीनै चिन्तित थिए । बीएचयूमा जानुभन्दा पहिला समिरले अभीनाशलाई विभिन्न अस्पतालमा पुर्याएका थिए । तर कतैबाट पनि उनको उपचार सम्भव हुने सम्भावना देखिएन तर, जब बिएचयूमा पुगे तब उनलाई आशा पलाएको थियो । र, चिकित्सकको निकै ठुलो प्रयासपछी अभिनाशको शल्यक्रिया सफलतापूर्वक सम्पन गरेका थिए । यसपची अभिनाशले नयाँ जीवन पाएका छन् ।


,

0 comments

Write Down Your Responses