गायिका अन्जु पन्तको पुर्वपती मनोजलाई अञ्जुको झल्कोले सताएपछि.... भिडियोसहित |


माया मार्ने बैगुनी कै माया किन लाको होला
पापी मनमा उनकै धेरै झल्को धेरै किन आको होला............

अञ्जु पन्तसँग छोडपत्र भएको त्यति धेरै भएको थिएन् । मनको आकाशबाट उनको झल्कोको बादल हट्न नसकेको थिएन सायद । त्यसैबेला यहिँ गीत गाउन प-यो मनोज राजले । मनोजराज अर्थात अञ्जु पन्तको पूर्व श्रीमान् । काठमाण्डूको त्रिवेणी रेकर्डिङ्ग स्टुडियोमा अशोकचन्द्र अधिकारीको शव्द, राजकुमार बगरको संगीतमा मनोजले यो गीत गाउदा उनलाई धेरै पीडा भयो ।



ओजिलो स्वरका धनि मनोजले स्टुडियो पस्नुअघि भावुक मुद्रामा एक सर्को चुरोट ताने । त्यसपछि सुरु भयो रेकर्डिङ्ग । संगीतकार तथा रेकर्डिष्ट राजकुमार बगरले मनोजको मनोबिज्ञान पढ्दै थिए । राजकुमार भन्छन् ‘ मनोजजी लाई यो गीतले सायद अतित सम्झाएछ, निक्कै गम्भिर देखिन्थे उनी ।’ गीतको स्थायी रेकर्डपछि मनोज फेरि बाहिर निस्किएर चुरोट तान्न थाले ।पूर्व स्मृति घुमेछ क्यारे उनको मानसपटलमा ।

अझै पनि फर्किएर आउछिन् होली जस्तै लाग्छ
मेरै नामको सिन्दुर लुकाई लाउछिन् होली जस्तै लाग्छ
मलाई एक्लै छोडी यो मन उतै किन गाको होला
पापी मनमा उनकै धेरै झल्को किन आको होला.........


मनोजलाई यो टुक्काले फेरि स्तव्ध बनायो । उनको आँखा, मन र अनुहारले प्रष्ट पारको भान हुन्थ्यो उनको मनमा अञ्जु पन्त घुमेकी छन् । संगीतकार राजकुमार भन्छन् ‘ गीत रेकर्डिङ्ग सकिएपछि धेरै बेर आफुले गाएको गीत सुनेका थिए मनोजले ।’

मनोजले गाएको गीत..।


,

0 comments

Write Down Your Responses