Sports,
Videos
»
साफ च्याम्पियनसिपः दोहोरिएला त यो गोल ?...(भिडियोसहित) |
साफ च्याम्पियनसिपः दोहोरिएला त यो गोल ?...(भिडियोसहित) |
१० भदौ, काठमाडौ । गोलको खडेरी टार्न नसकेका कारण नेपाली राष्ट्रिय फुटबल टिम आलोचित छ । राम्रो प्रर्दशन गर्ने तर गोल गर्न नसक्ने रोगबाट ग्रसित राष्ट्रिय टिमको लागि आसन्न साफ च्याम्पियनसीप ‘गर या मर’को हुनेछ ।
२० हजार घरेलु समर्थक र मैदान नेपालको लागि अवसर र चुनौति दुवै हुनेछ । कप्तान सागरले केही वर्ष अघि भनेका थिए ‘नेपाली माटोले पनि चिन्छ हामीलाई ।’ वास्तवमा त्यो भनाई अब अग्नि परीक्षा भएर तेर्सिएको छ । साफ च्याम्पियनसिपको आठौं संस्करण घरेलु मैदानमै हुँदैछ । यसले नेपाली टिमप्रति ठूलो दवाव बढाएको छ । सातौं संस्करण भारतको नयाँ दिल्लीमा भएको थियो ।
उच्च प्रर्दशन गरेको नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भयो । पुरै दवावमा राखेर काउन्टर एट्याकमा नेपालले गोल खाएको थियो । त्यसपछिका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रर्दशन खासै राम्रो भएको छैन । ग्राहम रोवर्टको प्रशिक्षणमा नयाँ दिल्लीमा उत्रिएको नेपाली टोलीले उपाधि जित्ने आशा गरिएको थियो । उपाधि हात नलागेपनि नेपालको सामु मुख्य प्रतिद्धन्दी बनेको बंगलादेशलाई भने बर्षौपछि पराजित गर्यो ।
बंगलादेश विरूद्ध कप्तान सागर थापाले फ्रि-किकमा गोल गरेका थिए । ‘दुर्लभ’ गोलले परिचित त्यो गोल संसार राम्रा गोल मध्ये एकमा गनिन्छ । त्यसैले आफ्नै मैदानमा जित र त्यस्तै गोलको आशा दर्शकमा छ । कौतुहलता पनि उस्तै । सागर थापाले फेरि यस्तै गोल गर्लान् ? अथवा स्ट्राइकर अनिल गुरुङ्, जुमानु राई, सन्तोष साहुखलले गोलको खडेरी टार्लान त ? यो प्रश्नको जवाफ केही दिन पछि दशरथ रंगशालामा पाइने छ ।
0 comments
Write Down Your Responses