धन कमाउने आशामा ईजरायल पुगेकी मिना तीन महिना देखि ओछ्यानमा


विषणु पौडेल, ईजरायल । कसले सोचेको हुन्छ र आफूलाई केहि आपद-विपद पर्छ भनेर । अचानक आउने विपदले मानिसको जिन्दगीको मोडनै परिवर्तन गरिदिन्छ, यो हाम्रो समाजमा भएका विभिन्न घटना र दुर्घटनाले देखाईरहेको छ । सपना सबैले देखेको हुन्छ, त्यहि सपनाले डोह्राएर कहाँ-कहाँ सम्म पुर्याउँछ ।



इटहरी गौउराधाकी राज कुमारी अधिकारी ‘मिना’लाई पनि त्यस्तै ठूला-ठूला सपनाले तानेर इजरायमा पुर्याएको थियो । केहि बर्ष काम गरेपछि भिसाको म्याद सकियो । म्याद सकिएपनि अन्य व्यबस्था भएकोले उनि हाल इजरायलमा नै छिन् तर उनि काम गर्न नसक्ने अवस्थामा थला परेकी छिन् । सुन्दा सामान्य लाग्ने दुर्घटनाले उनको खुट्टा भाँचिएको तीन महिना भन्दा बढि भईसक्यो । आँगनमा लडेर भाँचिएको खुट्टा अझै निको भएको छैन । आफुलाई काम दिने बुढि आमाकी छोरीको घर गएको बेला आँगनको छेउमै रहेको बोटमा कागती टिपेर फर्किने क्रममा चिप्लिएर उनि लडेकी थिइन् । त्यसपछि उनि हिँडडुल गर्न पनि सकेकी छैनिन् ।

‘पेपर भिसा’ भएकोले उनको उपचार बीमा कम्पनीले गरिदिएको छ । यदि ‘पेपर भिसा’ नभएको भए उनको खर्च कति हुन्थ्यो अनुमान गर्नै गाह्रो छ । ‘भिसा म्याद सकिएकोले पेपर भिसा गरेर मात्रै बस्नुहोला नत्र विरानो मुलुकमा कति दु:ख पाईन्छ ठम्याउन समेत कठिन पर्छ’ मिनाले आफु जस्तै हजारौँ नपालीलाई सुझाव दिँदै भनिन्। ‘धेरै ठूला सपना साँचेर अर्काको देशमा दु:ख गरेकी मैले आज यो गती व्यहोर्नुपर्यो । अचानक भएको सामान्य दुर्घटनाले यस्तो ठूलो समस्या निम्त्यायो । सँधै ख्याल गर्नुहोला’ आफ्नो पिडा साट्दै उनले बताईन् । उनले इजरायलको को फरियाना भन्ने स्थानमा रहेको एक घरमा केयर गिभरको काम गर्दै आएकी थिइन्। हाल उनको फर्सेवाको मियर अस्पतालमा उपचार भईरहेको छ। उनलाई एक नेपालीले सहयोग गरिरहेको बताईएको छ ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |


0 comments

Write Down Your Responses