स्कुल पढ्ने छात्राको कुमारीत्व परिक्षण गरिने |


एकातिर संसार भरि महिुला अधिकार र सशक्तिकरणका बारेमा ठुल्ठुला कुरा गरिदैछ,अर्कोतिर इण्डोनेसियामा भने १५-१६ वर्षका किशोरीहरुको कुमारीत्व


परिक्षण गरेर आफ्नो शुद्धताको प्रमाण दिनु पर्ने भएको छ।

इण्डोनेशियाको प्रभुमणि जिल्लाका जिल्ला शिक्षा अधिकारीले एचएम रशिदले स्कुल पढ्ने छात्राको कुमारीत्व परिक्षण किशोरीहरुकै फाइदाको लागि लिएको बताएका छन् तर उनले त्यो फाइदा के हो भनेर भन्न सकेनन् ।

विवाह भन्दा पहिले कुमारीत्व(भर्जिनिटी)भंग नहोस भनेर उक्त जिल्लाका छात्राको कुमारीत्व परिक्षण गर्ने योजना बनाएका हुन्।

तर छात्रको भने यस्तो परिक्षण गरिने छैन् । इण्डोनेसियाको जस्टिस नामक पार्टीले विवाह भन्दा पहिले कुमारीत्व भंग हुनु शर्मनाक भनेको छ। तर पुरुषका बारेमा चैं केही बोलिएको छैन्। इण्डोनेसिया मुस्लिम बाहुल्यता भएको देश हो।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्।


,

0 comments

Write Down Your Responses