यात्रु बाहक बस बिजुलीको खम्बामा ठोक्कियो, ६ घाइते
|
६ भदौ, वीरगञ्ज । वीरगञ्जबाट सबैठवा जाँदै गरेको बस पकाहा मैनपुर गाविस वडा नं २ मा बिजुलीको खम्बामा ठोक्किँदा छ जना घाइते भएका छन्
ना३ख ८४९० नंको बस दुर्घटनामा परी घाइते भएकाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर क्षत्रीले जानकारी दिए।
सशस्त्र प्रहरी बेस क्याम्प पकाहाका प्रहरी निरीक्षक दुर्गाप्रसाद भट्टको नेतृत्वमा गएको टोलीले यात्रुलाई उद्धार गरेका थिए । बस प्रहरीको नियन्त्रणमा रहेको भए पनि चालक फरार छन् ।
|
0 comments
Write Down Your Responses