Entertainment
»
मलेसिया पुगेर वेटर बने ‘तक्मे बुढा’, काम गरेको रेष्टुरेन्ट पुग्दा झर्यो आँशु(फोटो फिचरसहित)
मलेसिया पुगेर वेटर बने ‘तक्मे बुढा’, काम गरेको रेष्टुरेन्ट पुग्दा झर्यो आँशु(फोटो फिचरसहित)
विजय ‘आवाज’
सन् २००९ मा कलाकार विल्सन विक्रम राई अर्थात ‘तक्मे बुढा’ सिने नगरीमा संघर्ष गर्दा गर्दै दिक्क भएर मलेसिया हानिएका थिए । मलेसियामा पुगेर उनले एक रेष्टुरेन्टमा वेटरको काम गरेका थिए । तर उक्त रेष्टुरेन्टमा काम गर्ने प्रेम दाज्यूको प्रेरणाले उनी नेपाल फर्किए र आज चर्चित कलाकार बनेका छन् ।

तर उनै विल्सन ४ बर्ष पछि आफूले काम गरेको डाओराई कोरियन रेष्टुरेन्टमा पुगे । ४ बर्ष पछि उनी त्यहाँ पुग्दा उनको परिचय फेरिएको थियो । उनी चर्चित कलाकार ‘तक्मे बुढा’को नामले परिचित थिए । आफूले काम गरेको रेष्टुरेन्टमा पुगेका उनलाई त्यहाँका नेपालीहरुले हृदय देखि नै स्वागत गरे । आफूसँग काम गर्ने प्राय सबै साथीहरुले काम छोडिसकेका थिए । मलेसियामा आयोजना भएको एभरेष्ट कन्र्सटमा भाग लिने क्रममा त्यहाँ पुगेका ‘तक्मे बुढा’ आफूले काम गरेको रेष्टुरेन्टमा गएका हुन् ।
आफ्नो पुरानो दिन सम्झैदै जाँदा विल्सनको आखाबाट आँशु झर्यो । उनले ४ बर्ष अघि कोरियन रेष्टुरेन्टमा काम गर्दा आफूलाई धेरै गाह्रो भएको बताउँदै प्रेरणा दिने सबैलाई धन्यबाद दिएका थिए ।उनले आफूसँगै गएका अन्य कलाकारहरुलाई वेटर बनेर खानेकुरा वितरण पनि गरे । ‘म ४ बर्ष अघि यही पेशा गर्थे, आज फेरी त्यही दिनको यादा आयो’, रेष्टुरेन्टका कर्मचारीले लगाउने पहिरन लगाउँदै तक्मे बुढाले अनलाइनखबरलाई भने । कोरियन भाषा नजानेर पनि धेरै पटक गाह्रो भएको उनको तर्क थियो ।
0 comments
Write Down Your Responses