कपाल झरेपछि टाउको छोप्दै हिडिन मनिषा..(फोटो फिचर) |


बलिउडकी कुनै बेलाकी चर्चित नायीका मनिषा कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। क्यान्सरमाथी बिजय हासिल गरेकी मनिषाको टाउकोमा कपाल छैनन्। क्यान्सरको उपचारको क्रममा किमो थेरापी गर्दा उनको कपाल झरेको थियो।



मनिषा लामो समयसम्म मिडियामा आएकी पनि थिइनन। उनि उपचार गरेर अमेरिकाबाट फर्केयता परिवारसंगै पुजा-आजामा व्यस्त भइन्।

पहिले रक्सी र चुरोट तान्ने बानी परेकी मनिषा आजकल भने स्वस्थका बारेमा निकै सचेत भइसकेकी छिन। त्यसैले आजकल कस्ति भइन त मनिषा ? धेरैको उनलाई हेर्न चाहना छ।

उनलाई केही दिन अघि भने मुम्बइको सिनेम्याक्साबट बाहिर निक्लदै गरेको देखिएको थियो।उनलाई केही फोटोग्राफरले क्यामेरामा कैद गर्न भ्याएका थिए ।



तस्विरमा उनले टाउको भने छोपेकी छिन।टाउकोमा कपला नभएकाले उनले टाउको छोपेकी हुन्।उनको अनुहारमा भने चमक देखिएको छ।

सेतो लुगामा देखिएकी मनिषा कालो चश्मा र हातमा मोवाइल बोकेकी थिइन्


0 comments

Write Down Your Responses