सिरिया आक्रमणको भिडियो अमेरिकाले गर्यो सार्वजनिक...(भिडियोसहित)


भदौ, काठमाडौ । सिरियामा अगस्ट १४ भएको रासानयिक हमलाको भिडियो अमेरिकी सिनेटले सार्वजनिक गरेको छ । शुरूमा ओबामा प्रशासनले सिनेटको इन्टेलिजेन्स कमिटिलाई १३ वटा भिडियो देखाएको थियो जसमा सरिन ( सिरिया आक्रमणमा प्रयोग गरिएको ग्याँस) आक्रमणपछि छटपटाउँदै गरेका मानिसहरु देखाइएको छ । ओबामा प्रशासनले १३ वटै भिडियोहरु प्रमाणिक गरेको जानकारी सिमित सिनेटरहरुलाई दिएको थियो ।

अमेरिकी टेलिभिजन सिएनएनले ती भिडियोहरु सार्वजनिक गरिदिएपछि सिनेटको इन्टेलिजेन्स कमिटीले ती भिडियोहरु आफ्नो वेबसाइटमा राखेको छ ।



यसरी अमेरिकी सिनेटले राखेका सबै भिडियोहरू यस अघि नै युट्युबमा राखिएका थिए तर यसपटक भने यी भिडियोलाई अमेरिकाले आधिकारिक बनाएको छ । यी भिडियोहरू राष्ट्रपति ओबामालाई अमेरिकी सिनेट र अमेरिकी जनतालाई सिरिया गर्ने आक्रमण प्रति सहानुभुति र समर्थन बटुल्ने एउटा माध्यम हुने पुर्व युएन एम्ब्यासडर बिल रिचार्डसनले बताएको सिएनएनले जनाएको छ ।

भिडियोमा दर्दनाक दृश्य देखाइएको छ। बालबालिका, महिला र पुरुषहरु तडपिदै गरेको दृश्य भिडियाहरुमा छन् । भिडियोहरु सवै राजधानी दमास्सक नजिकै हो ,जहाँ सरिन रासानयिक हमला भएको थियो, ओबामा प्रशासनको दाबा रहेको छ । भिडियो हेरेर यो रासायनिक हमला कस्ले गरेको थियो भनेर प्रमाणित भने हुदैन् ।

राष्ट्रपति बाराक ओबामा सिरियामाथी सिमिति हमला गर्ने पक्षमा देखिएका छन् । सिरियामा गरिएको रासायनिक हमलालाई लिएर अमेरिकाले सिरियामा आक्रमण गर्ने योजना बनाएको छ भने आक्रमणका दर्दनाक घटनाहरूलाई देखाएर सिरियामा आफ्नो आक्रमणको योजनामा सहयोग गर्न सहयोग माग्दै आएको छ । source : nepaliheadlines


0 comments

Write Down Your Responses