छोरी जन्मेको भन्दै यसरी जिउदै गाडियो


२४ भदौ,एजेन्सी। सवै भन्दा ठुलो प्रजातान्त्रिक मुलुक र विश्व महाशक्ति बन्ने दिशामा अग्रसर भएको दाबी गर्ने भारत महिला हिंसाबाट व्यापकरुपमा पिडित बनेको छ। दिनहुँको बलात्कारबाट पिडित भारतमा महिला हिंसाको एउटा अर्को घट्ना सार्वजनिक भएको छ।



सुन्दा सिरिङ लाग्ने घट्ना भारतको प्रताप गढ मा भएको हो। जहाँ जन्मिएको २४ घण्टा नहुँदै एक दुधे बालिकालाई जमिन मुनि गाडिएको अवस्थामा आइतवार भेटिएको थियो । उत्तर प्रदेशमा पर्ने प्रतापगढको एक गाउँको खेतमा एक दुधे बालिकालाई गाडिएको हो। एक स्थानियले खेतमा बच्चा रोइरहेको सुनेपछी घट्ना बाहिर आएको थियो । गाँउलेहरुले खेतमा पुगेर खन्दा भर्खरकी बालिका भेटिएकी थिइन्, उनले श्वास पनि चलिरहेको थियो ।त्यसपछी बालिकालाई उपचारको लागि लगिएको थियो । डाक्टरको निकै प्रयासको बाबजुद उनि बाँचिनन् ।

डाक्टरले पनि उनि शनिवार राती ९ देखी ११ का बिचमा जन्मिएकी बताएका छन्।

सालनाल नकाटिएकी बालिकाको शव पोस्टमार्टम पछी फेरी जमिनमै गाडिएको छ। बालिका भएकै कारण उनलाई यसरी जमिनमा गाडेको अनुमान गरिएको छ। हाल प्रहरीले घट्नाका बारेमा अनुसन्धान जारी राखेको छ। -नेपालीहेडलाइन्स


0 comments

Write Down Your Responses