आजको पञ्चाङ्ग र राशीफल,विक्रमसंवत् २०७० साल भाद्र १९ गते बुधबार, ईश्वीसन् २०१३ सेप्टेम्बर ०४, नेपाल संवत् ११३३,




विक्रमसंवत् २०७० साल भाद्र १९ गते बुधबार,
ईश्वीसन् २०१३ सेप्टेम्बर ०४, नेपाल संवत् ११३३,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेशाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । भेटघाट राम्रै होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

समय राम्रो छैन । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

समय मध्यम खालको छ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । आज भोजभतेर खानपिन जस्ता कार्यमा सहभागी हुनुपर्ला जस्तो छ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । सानातिना कुरामा अल्मलिने समय छैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आजको दिनलाई नराम्रो भन्न मिल्दैन । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आर्थिक लगानी गर्ने समय आएको छ । धेरैथोर लगानी गर्नु पर्नेछ । आफन्त हरुले प्रशंसा गर्नेछन् । जोस र जाँगर बढ्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने समय प्राप्त भएको छ । नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्क हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । डुब्न लागेको पैसा अचानक हातमा आइपुग्नेछ । पूर्व वा दक्षिण दिशाको लाभदायी यात्रा सम्पन्न हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । नयाँ कामको हौसला मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । अर्थलाभका अवसर आउने छन् । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

समय अति नै राम्रो छ । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धन दुवै खर्च होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । सन्तानपक्षको राम्रो माया मिल्नेछैन, तर वैवाहिक तथा पारिवारिक जीवनमा आनन्दको वातावरण बन्नेछ । विभिन्न ठाउँको अनावश्यक यात्रा हुने र निरर्थक लगानी हुने समय आएको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । आर्थिक लाभको योग छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक काममा विजय प्राप्त हुनेछ । कुनै कुरा मनमा बारम्बार आइरहने हुँदा दोधारको अवस्था सिर्जना हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आज प्रतिद्वन्द्वीहरुसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्नसक्छ । मानसिक रुपमा अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । आम्दानीमा कमी आउने छैन ।

स्मरण गर्नुहोस् :

माथि राशिफलमा लेखिएको विवरण जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा विश्वास राख्नु पर्छ, आफ्नो दायित्व र कर्तव्यलाई जिम्मेबारीपूर्वक पालना गर्नुपर्छ एवं प्रत्येक दिन यो राशिफल हेरीसकेपछि अहिलेसम्म मैले परोपकार र सार्वजनिक हीतका निम्ति केके गरें भन्ने चिन्तन गर्ने बानी बसाल्नुहोस्, अनिमात्र यहाँ लेखिएका शुभफलहरू प्राप्त हुन्छन्, अशुभ र अनिष्ट फलमा न्यूनीकरण हुन्छ वा नाश भएर जानेछ।


0 comments

Write Down Your Responses