किबोर्डमाथी सुत्दा बैकको अर्बौ रूपैँया हिनामिना


जर्मनी । जर्मनीको एक बैकका कर्मचारी कामकै क्रममा निदाएपछी बैकमा निकै ठुलो पैसा गोलमाल भएको छ । जर्मनीमा काम गर्ने एक कर्मचारी निकै थकानका कारण काम गर्दा गर्दै निदाएपछी आफूले चलाइरहेको किबोर्ड जथाभावी थिचिँदा ठुलो रकम स्थानान्तरण भएको छ ।



काम गर्दा गर्दा निदाऊँदा ती कर्मचारीको हातले दुई अंक ११ पटक थिचेपछि करिब २ सय २२ मिलियन युरो एक व्यक्तिको खातामा पुगेको थियो । मात्र ६४.४० युरो उसको खातामा जम्मा गरिदिनुपर्नेमा किबोर्ड माथी नै निदाउँदा ती कर्मचारीले २ सय २२ मिलियन युरो उक्त व्यक्तिको खातामा जम्मा गरिदिएका थिए । उक्त घटनाको केही बेरमा उक्त कुरा अन्य कर्मचारीले थाहा पाएपछी तुरून्तै उक्त रकम ती व्यक्तिको खाताबाट तानेर पुरानो ठाऊमा राखिएको थियो । यसरी कार्यालयमा निदाएर यति ठूलो गल्ति भएपछी ती कर्मचारीलाई अदातलमा उपस्थित गराइएको छ । अदालत उपस्थित गराइएका ती कर्मचारीको जागिर समेत जान सक्ने बताइएको छ । ठूलो गल्ति भएको तर त्यसले त्यति धेरै नोक्सानी भने नगरेका कारण अदालतको आदेश अनुसार नै कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ ।


0 comments

Write Down Your Responses