“पुरुषलाई अश्लिल सामग्री हेर्न पुनमको अनुरोध”
मुम्बई - सामाजिक संजाल ट्विटरमा आफ्नो अश्लील तस्बिर पोस्ट गरेर चर्चामा आएकी भारतीय मोडेल तथा नायिका पुनम पाण्डेले आफ्ना उत्तेजक तस्बिरको कारणले बलात्कार बढेको भन्ने आरोपको खण्डन गरेकी छिन । केहि दिन अघी मुम्बईमा महिला पत्रकार बलात्कृत भएको सन्दर्भमा उनले आफ्नो मुख खोलेकी हुन् ।‘
‘बेला बेलामा आफ्ना नग्न तस्बिर इन्टरनेटमा राखेर तथा चलचित्र नशा मा उत्तेजक दृश्य दिएर चर्चामा आएकी पुनमले महिलाले गर्ने अंग प्रदर्शन वा छोटा लुगाले पुरुषलाई अपराधलाई उक्साउँछ भन्ने कुरामा असहमति जनाएकी हुन् । उनको भनाइ छ, ‘पाँच वर्षको बच्चाको पनि बलात्कार भइरहेको छ । के उसले छोटो स्कर्ट वा उत्तेजक लुगा लगाएको कारणले बलात्कार भएको हो र? पूरै शरीर ढाक्दा बलात्कारको घटनामा कमी हुन्छ भन्ने कुरा मा मान्दिन ।’ बरु पुनम हिन्दि सिनेमालाई भने केहि दोषी देख्छिन उनले हिन्दि सिनेमाका कतिपय आइटम गीत र डाइलग मा आपत्ति जनाएकी छिन् । ‘
‘उनले भनेकी छिन् कि ‘पुरुषका लागि घरमा धेरैभन्दा धेरै यौनसामग्री उपलब्ध भएमामहिलामाथि हुने अपराधमा कमी आउँछ । अझ यौन सम्पर्क गर्न नपाएको अबस्थामा पुरुषले इन्टरनेटमा अस्लिल सामग्री पनि हेर्नु पर्छ ।’ उनले पुरुषले यौन सन्तुस्टि प्राप्त गरे अपराधमा कमी आउने विचार पोखेकी हुन् । ‘एजेन्सीको सहयोगमा’
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।
0 comments
Write Down Your Responses