“इजरायलवाट ठगी गरेर फरार भएकी रजनी भन्ने तिल कुमारी खत्रीको सुचना दिनेलाई दुई हजार अमेरिकी डलर पुरस्कारको घोषणा”


‘म्याग्दीकी रजनी भन्ने तिल कुमारी खत्री नाम गरेकी महिला हाल रहिआएको सुचना दिनेलाई पुरस्कार स्वरुप २०००$ (दुई हजार अमेरिकी डलर )प्रदान गरिने भएको छ । पश्चिम नेपालको म्याग्दी जिल्ला स्थायी घर भई एक बर्ष अगाडि वा गत सेप्टेम्बर महिनासम्म इजरायलको खुलोन भन्ने ठाउँमा काम गर्दै रहेकी र हाल सम्पर्क बिहिन भएर लुकी हिंडेकी ३३४९४०९ नं. को नेपाली पासपोर्ट वाहक अन्दाजी बर्ष ३३ कि रजनी भन्ने तिल कुमारी खत्रीले तनहुँ जिल्ला स्थायी घर भई हाल इजरायलमा कार्यरत अर्जुन बगालेसंग



बेला बेलामा अमेरिकी डलर ऋण सापटी लिदै तिर्दै बिश्वास दिलाउदै गएको र पछिल्लो पटक पारिवारिक समस्या जटिल बनेको र श्रीमान् बिरामी भई उपचार गराउन धेरै खर्च लाग्ने र निजको ज्यान बचाईदिनको लागि ऋण दिनुपर्यो भनेर हार-गुहार गरेकोले समस्यामा नै परेको होला भन्ने विश्वासले ५०,००० ( पचास हजार ) अमेरिकी डलर ऋणस्वरूप सापटी लिएको र सो ऋण लिएको केहि दिनपछि देखि ऋणी खत्रीले काम गरिरहेको घर छोडेर आफ्नो मोबाइलको सुइच ‘समेत बन्द गरी सम्पर्क विहिन भएकोले खोजीको लागि मिडियामार्फत यस भन्दा अगाडिकै समाचारमा सार्वजनिक गरिएको थियो । ‘अनलाइन मिडिया मार्फत सूचना सार्वजनिक गर्दा पनि हालसम्म अटेर गरेकोले संसारको कुनै पनि देशमा रहनु हुने कोही कसैले रजनी खत्री भनेर चिनिने तिल कुमारी खत्रीलाई देखाई दिए वा भेटाइदिए हार्दिक धन्यवाद सहित पुरस्कार स्वरुप २०००$ (दुई हजार अमेरिकी डलर )प्रदान गर्ने पीडित अर्जुन बगालेले जनाएका छन् । इजरायल लगायत विश्वका कुनै पनि मुलुकमा रहनु भएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरु जो कसैले यहाँ राखिएको तस्विरवाट या अन्य पहिचानवाट निजलाई भेटाएमा सम्वन्धित सम्पर्क नम्वर अर्जुन बगाले फोन न.०५४९९४८१४६ गरिदिनुहुन अनुरोध गरिएको छ’


0 comments

Write Down Your Responses