बलिउडमा सत्याग्रहको प्रतिक्षा


आउँदो शुक्रबार बहु प्रतिक्षित बलिउड फिल्म सत्याग्रह रिलिज हुँदैछ । धेरै स्टारहरुको जमघटको रुपमा रहेको सत्याग्रह सामाजिक विषयवस्तुमा बनेको सभ्य फिल्म भएको चर्चाका कारण पनि बलिउड प्रेमी तथा विश्लेषकहरु सत्याग्रहको रिलिज डेट कुरेर बसेका छन् । सत्याग्रहको प्रोमोले धेरैको ध्यान खिचिसकेको छ ।



शाहरुख खानको चेन्नइ एक्सप्रेसले धमाका मच्चाउन अझै नछाडेको बेला अमिताभ बच्चन, अजय देवगन, अर्जुन रामपाल, करीना कपूर, अमृता राव तथा मनोज बाजपेइ लगायतले अभिनय गरेको सत्याग्रहले कस्तो छाप छाड्ने हो त्यो भने हेर्न बाँकी छ । फिल्मी करिअरको उत्तरार्ध तिर रहेका अमिताभ बच्चनको ससक्त भूमिका यो फिल्ममा रहनेछ । फिल्मको प्रचारका लागि आयोजित एक समारोहमा सत्याग्रहमा खलनायकको भूमिकामा रहेका मनोज बाजपेइले अमिताभ नायक रहेको फिल्ममा आफुलाई खलनायक नै हुन सुहाउने जिकिर गरे । अमिताभ नायक भएको ठाउँमा

अरुको जोर नचल्ने र अरुले आफ्नो नायकत्व स्थापित गर्न नसक्ने जिकिर उनको थियो ।

आफुले अमिताभ बच्चनसँग अभिनय गर्ने मौका गुमाउन नचाहेकाले पनि सत्याग्रहमा काम गरेको उनको भनाइ छ । आफु अमिताभका लागि खलनायक मात्र होइन जे पनि बन्न तयार भएको उनी बताउँछन् । प्रकाश झाले निर्माण गरेको फिल्म सत्याग्रहमा खलनायक बनेका मनोजले यसअघि पनि आरक्षण र राजनीतिमा अमिताभसँगै खलनायकको भूमिका निभाएका थिए ।


0 comments

Write Down Your Responses