अधिकारी दम्पतीलाइ केहि भए जिम्मेवार सरकार


२०६१ सालमा चितवनमा माओवादीबाट मारिएका छोरा कृष्णप्रसादका हत्यारामाथि कारबाहीको माग गर्दै अनशनमा रहेका गोरखाका नन्दप्रसाद र गंगा अधिकारीको जीवनमा केही भए त्यसको जिम्मेवारी सरकार र चार दलले लिनुपर्ने चेतावनी मानव अधिकारकर्मीहरुले दिएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले लामो समयदेखि निरन्तर भोक हड्तालमा रहेका अधिकारी दम्पतीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेकाले उनीहरुको जीवन रक्षाका लागि सचेत रहन सरोकारवाला पक्षहरुलाई आग्रह गरे ।



अधिकारी दम्पतीको हातको नशा सुकिसकेकोले गर्धनको नशाबाट स्लाइन दिनुपर्ने अवस्था आएको भन्दै मानवअधिकारकर्मीहरुले माग पूरा गरेर उनीहरुको भोक हड्ताल अन्त्य गराउनु पर्ने बताएका छन् ।गम्भीर प्रकृतिका अपराधीले समेत आममाफी पाउनुपर्ने वकालत एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले गरिरहेको भन्दै मानव अधिकारकर्मीहरुले माओवादी नेताहरुका अभिब्यक्ति दण्डहीनतालाई प्रश्रय दिने खालको भएको बताए ।

२०६१ सालमा चितवनमा आफन्त भेट्न गएको बेला गोरखा फुजेलका १९ वर्षीय कृष्णप्रसाद अधिकारीलाई अपहरण गरी माओवादी कार्यकर्ताले हत्या गरेका थिए ।


0 comments

Write Down Your Responses