‘‘कतारमा ३२ नेपालीको मृत्यु’’
|
‘‘दोहा –कतारमा एकै महिनामा ३२ जना नेपालीले ज्यान गुमाएका छन्। सडक र कन्स्ट्रक्सन दुर्घटना एवं हृदयघातका कारण जुलाइ महिनामा ३२ जनाले ज्यान गुमाएको नेपाली दूताबासलाई उदृत गर्दै कतारी मिडियाले जनाएका छन्।‘
‘दोहास्थित नेपाली दुताबासका अनुसार मृत्युहुने मध्येमा २० जना निर्माण मजदूर छन्।‘
‘'धेरै कामदारहरु खाना र पानीबिनै उच्च गर्मीमा काम गर्ने हुँदा स्वास्थ्यमा समस्या आउने गरेको छ', ‘नेपाली दूताबासका हरिहरकान्त पौडेल भन्छन्- 'हाम्रो देशको भन्दा याहाँको पानी फरक छ। उनीहरु यसमा बानी परेका छैनन्।'’
‘पौडेलले जुलाइमा मुटुको समस्याका कारण १३ नेपालीको मृत्यु भएको जानकारी दिए। ११ जना सडक दुर्घटना र ८ जनाको अन्य दुर्घटनामा मृत्यु भएको हो।‘
|
0 comments
Write Down Your Responses