Entertainment
»
‘चेन्नाई एक्सप्रेस’ले पार गर्यो ‘थ्री इडियट्स’को रेकर्ड, १५ दिनमा २०३ करोड
‘चेन्नाई एक्सप्रेस’ले पार गर्यो ‘थ्री इडियट्स’को रेकर्ड, १५ दिनमा २०३ करोड
अन्तत बलिउडका वादशाह साहरुख खान अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले बक्स अफिसका सम्पुर्ण रेकर्ड ब्रेक गर्दै आफूलाई नम्बर १ मा उभ्याएको छ । शुक्रबार चलचित्रले बक्स अफिसमा २.१२ करोडको व्यापार गर्दै आमिर खान अभिनित चलचित्र ‘थ्री इडियट्स’ले कमाएको २०२.४५ करोडको लाईफ टाइम कलेक्शनलाई उछिनेको हो ।यो चलचित्रले शुक्रबार सम्म २०२.६७ करोडको व्यापार गरेको छ । बलिउडमा कुनै पनि चलचित्रले अहिलेसम्म कमाएको सबैभन्दा ठूलो आँकडा ‘चेन्नाई एक्सप्रेस’को पोल्टामा गएको छ । चलचित्रले बलिउडमा आजसम्म बनेका सबै रेकर्डहरुलाई समेत तोडेको छ । चलचित्रको लाइफ टाइम कलेक्शन २२० करोड पुग्ने अड्कल काटिएको छ ।

यस्तै यो चलचित्र ओभरसिजमा १ सय करोड माथीको व्यापार गर्ने बलिउडको तेश्रो चलचित्र बनेको छ । यसअघि ‘थ्री ईडियट्स’ र ‘माई नेम ईज खान’ले ओभरसिजमा १ सय करोड माथीको व्यापार गरेका थिए ।
रोहित सेट्टीको निर्देशनमा साहरुख खान, दीपिका पादुकोण अभिनित यो चलचित्रले बक्स अफिसमा आफ्नो रफ्तारलाई रोक्ने छाटकाँट देखाएको छैन । चलचित्रले प्रदर्शनको पहिलो ३ दिनमै १ सय करोडको आँकडालाई छोएको थियो । बलिउडमा २ सय करोडको क्लबमा पुग्ने यो दोश्रो चलचित्र हो ।
यो बर्ष नायिका दीपिका पादुकोणका लागि निक्कै सुखद देखिएको छ । यो बर्ष उनले अभिनय गरेको चलचित्र ‘रेस २’ ले १०४ करोड, ‘ए जवानी हे दिवानी’ले १८८ करोड र ‘चेन्नाई एक्सप्रेस’ले १५ दिनमै २०३ करोडको व्यापार गरेको छ । बलिउड बादशाह साहरुख खानले आजसम्म ४ वटा १ सय करोड माथीको व्यापार गर्ने सिनेमा दिएका छन् । उनको भागमा ३ वटा सिनेमा ‘अल टाइम ब्लकबस्टर’को सूचिमा दर्जिएका छन् । यसअघि साहरुख अभिनित ‘दिलवाले दुल्हनिया ले जाएंगे’ र ‘कुछ कुछ होता हे’ अल टाइम ब्लकबस्टरको सूचिमा परिसकेका छन् ।
0 comments
Write Down Your Responses