कान्छी ल्याउन पारसले ज्ञानेन्द्रलाई भने – नयाँ घर चाहियो -
|

बाबुआमालाई पारसले लिनसँग बिहे नै गर्ने बताएका छैनन् । दसैंको टीका लगाउन काठमाण्डौं आउँदा प्रेमिकालाई सँगै ल्याउने सन्देश निरन्तर बाबुआमालाई पठाइरहेका छन् । दसैंका बेला लिनलाई ल्याएर कान्छी बनाउने भयले ज्ञानेन्द्र शाहको परिवारले पारसलाई फकाउने प्रयास गरेका हुन् ।
मुटुको विरामी भएकाले पारसलाई जबर्जस्ती गर्ने पक्षमा ज्ञानेन्द्रको परिवार छैन् । सकेसम्म सम्झाएरै पारसलाई लिनसँगको सम्बन्धबाट अलग गराउने प्रयास उनीहरुको छ । तर, पारसले निर्मलनिवासमा आफ्ना लागि छुट्टै घर बनाइदिन सन्देश पठाएको स्रोतलाई उदृत गर्दै नयाँ पत्रिकाले खबर छापेको छ । पूर्वयुवराज्ञी पारसलाई सम्झाउन बैंकक गएकी थिइन् भने उनी केही दिन अघि काठमाण्डौं फर्किएकी छन् ।
|
0 comments
Write Down Your Responses