अध्यक्ष रेग्मी र शीर्षनेतावीच बालुवाटारमा वार्ता
|
१ असोज, काठमाडौं । नेकपा- माओवादीले प्रधानन्यायाधीश पदबाट खिलराज रेग्मीले राजीनामा दिनुपर्ने माग गर्दै सहमतिमा आउन अस्वीकार गरेपछि प्रमुख दलका शीर्षनेताहरु यसबारे छलफल गर्न मंगलबार बिहानै रेग्मी निवास बालवाटार पुगेका छन् ।
पहिल्लो राजनीतिक परिस्थितिबारे छलफलका लागि उच्चस्तरीय राजनीतिक समितिमा आवद्ध एमाओवादी, कांग्रेस, एमाले र मधेसवादी दलका शीर्षनेताहरु बालुवाटार पुगेका हुन् । सोमबार नायँ वानेश्वरमा आयोजित वार्तामा वैद्य माओवादीले मन्त्रिपरिषद अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिएको खण्डमा मंसिर ४ कै चुनावमा सहभागी हुन सक्ने संकेत गरेपछि यसबारे रेग्मीको राय बुझ्न शीर्षनेताहरु बालुवाटार पुगेका हुन् ।
राष्ट्रपति रामवरण यादवले वैद्यपक्षलाई सहमतिमा ल्याउने प्रयास स्वरुप गत शुक्रबार र आइतबार दुई दिन शीतल निवासमा सर्वदलीय बैठक डाक्नुभएको थियो । सो बैठकमा वैद्य माओवादीले रेग्मीको राजीनामा र चूत्रमा चुनजाव सार्नुपर्ने लगायतका ४ बुँदे मागहरु राखेको थियो । प्रमुख दलहरुले चुनावको मिति मंसिर नकट्ने गरी केही दिन यताउति गर्न तयार रहेको बताएका थिए । तर, सोमबार भएको वार्तामा वैद्य माओवादीले रेग्मीले राजीनामा दिए पनि मंसिरको चुनाव मान्य नहुने भन्दै पछि हट्ने संकेत दिएको छ । उच्चस्तरीय राजनीतिक समितिका नेताहरुले भने रेग्मीलाई राजीनामाका लागि आफूहरुले मनाउन सक्ने तर मंसिरको चुनावमा वैद्यपक्ष सहमत हुनुपर्ने बताएका थिए ।
मन्त्रिपरिषद अध्यक्ष रेग्मीले आफूले राजीनामा पनि नदिने र मंसिर ४ मै सरकारले चुनाव गराई छाड्ने अडान राख्दै आउनुभएको छ ।
|
0 comments
Write Down Your Responses