सुष्माको स्तनमा खोपिएको ट्याटुले राष्ट्रिय झन्डाको अपमान गरेको सेन्सर बोर्डको ठहर !


भाद्र २४, नेपाली फिल्मकी चर्चित अभिनेत्री सुष्मा कार्कीले स्तनमा कुँदिएको ट्याटुका सम्बन्धमा नेपालको फिल्मि सेन्सर बोर्डले आपत्ति जनाएको छ । नयाँ फिल्म ‘राजनीति’ मा रहेको एउटा आइटम सङमा देखिएको सूर्य चिन्ह अंकित सुष्माको उक्त ट्याटुका कारण नेपालको राष्ट्रिय झन्डा र चिन्हको समेत अपमान निष्कर्ष सेन्सर बोर्डले गरेको छ ।



सेन्सर बोर्डले उक्त ट्याटुका कारण मानिसहरूमा गलत सन्देश जाने भन्दै हटाउनका लागी फिल्मका निर्मातालाई निर्देशन दिएको बताइएको छ । नेपाली राष्ट्रिय झन्डामा प्रयोग गरिएको सूर्य तथा सुष्माको स्तनमा रहेको टयाटुको सूर्य एउटै भएका कारण यसलाइ हटाउन भनिएको कुरा फिल्मका निर्देशक बसन्त निरौलाले बताएका छन ।

उता सेन्सर बार्डले भने यसलाइ हटाउन निर्देशन दिँदै सुष्माको ट्याटुलाई राष्ट्रियता विरोधी भएको बताएको छ । यद्यपी जाँच समितिले भने यस फिल्मलाई पीजी सर्टिफिकेट समेत दिइसकेको छ । सेन्सर बोर्डको यो निर्देशनपछि भने अब सेलेव्रिटीको व्यक्तिगत ट्याटुलाई पनि फिल्ममा प्रयोग गर्न पाइने अथवा नपाइने भन्नेबारेमा एउटा नया बहस सृजना भएको छ ।

यो फिल्म ओगामी शुक्रबार अर्थात २८ गते प्रदर्शनमा आउन लागेको छ । यस फिल्ममा सुष्माले आइटम नृत्य गरेकी छिन ।
भिडियो हेर्न तल बक्समा डबल क्लिक गरि भित्र जानुहोस .


0 comments

Write Down Your Responses