बुद्ध भारतमा जन्मिएका भन्दै भारतीय जी टिभीले बनायो टेलिश्रृखला!! हेर्नुस भिडियोसहित


घोर बिरोध गरौ ......घोर बिरोध गरौ ..... बुद्ध भारतमा जन्मिएका भन्दै जी टिभीले बनायो टेलिश्रृखला काठमाडौं, भदौ २३ - गौतम वुद्ध भारतमा जन्मिएका हुन् भन्दै भारतीय टेलिभिजन च्यानल जी टिभीले टेलिश्रृखला वुद्ध निर्माण गरेको छ ।



भगवान गौतम वुद्धको जीवनमा आधारित यो टेलिश्रृखला आइतबारदेखि प्रसारणमा आउँदै छ । टेलिभिजन श्रृखला बुद्ध सार्वजनिक गर्न गतहप्ता मुम्बईमा भएको प्रेस शोमा बुद्धमा अभिनय गरेका कलाकार कविर वेदीले बुद्धको जन्म भारतमै भएको र बुद्ध धर्मको प्रचार भारतबाट सुरु भएकाले बुद्धको जीवनमा आधारित टेलिश्रृखलामा काम गर्न पाउनु आफ्नो लागी भाग्य भएको प्रतिक्रिया दिएका छन् । कविर वेदीले लामो समयपछि भारतीय टेलिभिजनमा पुनरागमन गरेका हुन् । यस्तै यो टेलिश्रृखलामा समिर धर्माधिकारी निगार खानलगायतको पनि अभिनय छ । स्मरण रहोस यसअघि गौतम वुद्ध भारतमा जन्मिएका हुन भन्ने आशयको संवाद रहेको हिन्दी कथानक चलचित्र चाँदनी चोक टू चाइनाको नेपालमा विरोध भएको थियो । विरोधपछि नेपालका हलहरुले चाँदनी चोक टू चाइनको प्रदर्शन नै रोकिएको थियो ।





बुद्ध भारतमा जन्मिएका भन्दै भारतीय जी टिभीले बनायो टेलिश्रृखला छिमेकी देशको यो ब्येवहारले के चाहेको हो त नेपाली हरु संग.?बन्द हर्ताल गर्न पल्केको राजनीतिक दल लाइ यो कुराको चिन्तानै छैन.

पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गरि भित्र जानुहोस .


2 comments

nepal ma g sinema band garnu pa6.



nepal ko garima ma aach aaune gari gariyako yo prachar ko khuler birodh garau ra g tv pa ni naherau hai ,samast nepali bandhu.!!!!!!!!!!!!!!!

Write Down Your Responses