National News
»
हत्याका आरोपितलाई गिरफ्तार गरे सडकमा आउँछौं : एमाओवादी
हत्याका आरोपितलाई गिरफ्तार गरे सडकमा आउँछौं : एमाओवादी
काठमाडौं, भाद्र १८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गोरखाका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित आफ्ना कार्यकर्तालाई गिरफ्तार गरे सडकमा आउने चेतावनी दिएका छन् । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई मंगलबार भेटी उनले सशस्त्र युद्धको निर्देशन आफू र तत्कालीन जनसरकार प्रमुख बाबुराम भट्टराईले दिएको उल्लेख गर्दै आरोपित कार्यकर्ताको साटो आफूहरूलाई गिरफ्तार गर्न चेतावनीसमेत दिए ।
'आरोपित कार्यकर्तालाई गिरफ्तार गर्ने हो भने पहिले म र बाबुरामजीलाई गरे हुन्छ,' दाहाललाई उद्धृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले भने, 'युद्धको नेतृत्व हामीले गरेका हांै । हाम्रो निर्देशनमा युद्ध भएको हो ।'
उनले गोरखा र चितवनका १३ जना आरोपित कार्यकर्तालाई गिरफ्तार गरे सडक आन्दोलन गर्ने चेतावनीसमेत दिए । 'युद्धका मुद्दा ब्युँताउन खोजे शान्ति प्रक्रिया भाूडिन्छ,' उनको भनाइ थियो, 'त्यसो गरे हामी सडकमा आउनुपर्ने बाध्यता हुन्छ ।'
भट्टराई र अर्का नेता नारायणकाजी श्रेष्ठसहित बालुवाटार पुगेका दाहालले सत्य निरूपण तथा मेलमिलाप आयोग बनाएर युद्धकालीन समस्या समाधान गर्न आग्रह गरे ।
0 comments
Write Down Your Responses