Sports
»
साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्ने , बराबरीमै रोके पनि सेमिफाइनल पुग्ने
साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्ने , बराबरीमै रोके पनि सेमिफाइनल पुग्ने
२० भदौ, काठमाण्डौं । राजधानीमा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले डिफेन्डिङ च्याम्पियन भारतसँग भिड्दैछ । खेलको अनलाइनखबरले प्रत्यक्ष प्रसारण गर्नेछ ।
अपराहृन साढे ३ बजेपछि त्रिपुरेश्वरस्थित दशरथरंगशालामा हुने खेलमा नेपाल जितको खोजीमा हुनेछ । भारतसँगको खेल अघि नेपाली टोलीले विहान पशुपतिनाथको दर्शन गरेको छ । नेपाल र भारतबीच अहिले सम्म भएका १३ खेलमा नेपालले मात्र १ खेल जितेको छ । १० खेल भारतको पक्षमा गएको छ भने २ बराबरीमा सकिएको छ ।
एक खेलमा जित र एकमा बराबरी गरेका नेपाल र भारत दुबैको समान ४ अंक छ तर, गोल अन्तरका आधारमा नेपाल शीर्ष स्थानमा छ । सेमिफाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ । त्यसो नभएमा बंगलादेश र पाकिस्तानबीचको खेलको नतिजा कुर्नु पर्नेछ ।
बंगलादेश र पाकिस्तानको खेल साढे ३ बजेपछि हलचोक मैदानमा हुनेछ । भारतसँग पराजित भएको अवस्थामा भने नेपाल अघिल्लो चरण प्रवेशका लागि बंगलादेशले पाकिस्तानलाई पराजित गरेको वा दुई बीचको खेल बराबरीमा सकिनुपर्छ ।
समूह बी बाट अफगानिस्तान र माल्दिभ्स समूह चरणको खेल अघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
0 comments
Write Down Your Responses