सर्वोच्च अदालतविरुद्ध बारले गर्‍यो आन्दोलनको घोषणा


२१ भदौ, काठमाडौं । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी विरुद्ध सर्वोच्च अदालतमा परेका १७ वटा मुद्दा खारेज गरेको विरोधमा नेपाल वार एशोसिएसनले अदालतविरुद्ध सडक आन्दोलनको घोषणा गरेको छ ।

शुक्रबार दिनभर बसेको नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितको आकस्मिक बैठकले सर्वोच्च अदालतले बिहीबार गरेको निर्णयको कडा शब्दमा विरोध गरेको छ । ‘सम्माननीय का.मु. प्र.न्या. दामोदर प्रसाद शर्मा र अस्थायी मा।न्या। हरु प्रकाश वस्ती र तर्कराज भट्टवाट विना सुनुवाई, एक तर्फि रुपमा खारेज गरिएको घटनाले नेपालको स्वतन्त्र न्यायपालिकाको उपहास गरेको छ । यस्तो कार्य प्राकृतिक न्यायको सिद्धान्त विपरित र स्वच्छ सुनुवाईको सर्वमान्य सिद्धान्त समेतको विरुद्धमा भएकोले हामीलाई थप गंभीर वनाएको छ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, कानुन व्यवसायीको प्रतिनिधित्व विना त्यस्ता गंभिर विषयका १७ थान मुद्धाहरु केवल १० मिनेटमा खारेज गरिएको स्वेच्छाचारी शैलीको आदेशले स्वयं न्यायपालिकाको मान मर्दन र अदालतको अपहेलना जन्य कार्य भएको हाम्रो ठहर छ ।’


0 comments

Write Down Your Responses