भाइको बिहेमा किन मायामा भन्दै नाचे शोभित (भिडियो)


आफैले निर्देशन गरेको सबैजसो चलचित्रमा कुनै न कुनै भूमिकामा देखिन रुचाउने निर्देशक शोभित बस्नेत भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको ‘जंजीर’मा पनि देखिएका छन् । निर्माणपक्षले अनलाइनखबर मार्फत सार्वजनिक गरेको नयाँ गीतमा शोभितको नृत्य हेर्न सकिन्छ ।करण श्रेष्ठ क्रेजीको निर्माणमा तयार भएको यो चलचित्रमा जयकिशन बस्नेत, हषिर्का श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रको एक गीतमा निर्देशक बस्नेत पनि देखिएका छन् ।



पूर्णतया कमेडी तथा पारिवारिक कथावस्तुमा तयार भएको यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ । चलचित्रको एक गीत र प्रोमो अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।


पुरै भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।


,

0 comments

Write Down Your Responses