एक वर्षभन्दा बढी समयदेखि मलेसियाको जेलमा ६० नेपाली कामदार
|
९ भदौ, काठमाण्डौं । मलेसियाको सेरेम्यान लिङकिङ जेलमा ६० भन्दा बढी नेपाली कामदार एक वर्षभन्दा बढी समयदेखि थुनिएका छन् । वैदेशिक रोजगारिका लागि त्यहाँ पुगेका कामदार गैरकानुनी भएपछि थुनिएका हुन् ।
६० नेपाली वर्ष दिनदेखि जेलमा थुनिँदा पनि मलेसियास्थित नेपाली राजदूतावासका प्रतिनिधि एकपटक पनि भेट्न नगएको भन्दै कामदार र मलेसियामा रहेका नेपालीले आक्रोश व्यक्त गरेको नागरिक दैनिकमा खबर छ । ‘जेलभित्र ६० नेपाली थुनिएका छन्, तर दूतावासका कोही पनि भेट्नसम्म पनि नगएको,’ बिहीबार नेपाली व्यवसायीको पहलमा जेलमुक्त भएका हेटौंडाका सानुकान्छा रुम्बाले टेलिफोन मार्फत बताए । ‘जेलभित्र नेपालीको बिचल्ली छ । जेलमा अरु देशका नागरिक पनि छन् । तर सम्बन्धित देशका दूतावास प्रतिनिधि पटकपटक भेट्न गएर छुटाइरहेका छन्, नेपाली दूतावासले कुनै पहल गरेको छैन्,’ उनले भने ।
नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियामा नेपाली पठाउने मात्र नभएर उनीहरुको सुरक्षाका लागि पनि सरकारले चासो दिनुपर्ने कामदार तथा व्यवसायी बताउँछन् । वैदेशिक रोजगार विभागका अनुसार मलेसियामा करिब ७ लाख नेपाली कामदार छन् ।
|
0 comments
Write Down Your Responses