प्रचण्डको प्रतिद्वन्दी खोज्दै बल्खुमा नारावाजी (भिडियोसहित)


१५ असोज, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौं १० बाट उमेद्वारी दिने घोषणा गरेपछि एमाले मुख्यालय बल्खुमा नाराबाजी शुरु भएको छ । प्रचण्डसँग निर्वाचनमा प्रतिश्पर्धा गर्नका लागि आफूले मागेको व्यक्तिलाई टिकट दिइनुपर्ने भन्दै एमाले कार्यकर्ताले बल्खुमा नाराबाजी गरेका हुन् ।



पार्टीको झण्डा फहराउँदै करिव ५० जनाको संख्यामा बल्खु पुगेका एमाले कार्यकर्ताहरुले एकीकृत माओवादीका उम्मेद्वार प्रचण्डलाई हराउनका लागि क्षेत्रीय कमिटीद्वारा सिफारिस गरिएका सुरेन्द्र प्रधानलाई टिकट दिन माग गर्दै नारावाजी मंगलबार पार्टी कार्यालयमा नारवाजी गरे ।

“०६४ हामीले भोगेको हारको बदला लिने गरी लागिपरेका छौं । योपकट क्षेत्रीय समितिले सिफारिस गरेकै व्यक्तिलाई टिकट दिएमा हामी प्रचण्डलाई तेस्रो नम्बरमा पुर्‍याएर छोड्छौं ।” दक्षिणकाली गाउँकमिटीका एमाले अध्यक्ष हरिप्रसाद तिमल्सेनाले भन्नुभयो, “०६४ मा भोगेको पराजयको बदला लिन एमालेले आफ्ना कार्यकर्ताको मनोभावना बुझ्नुपर्छ ।” ०६४ सालको संविधानसभा चुनावमा नेकपा माओवादीका उम्मेद्वार प्रचण्डबाट लज्जास्पद हार भोगेका एमाले कार्यकर्ताहरुले योपटक प्रचण्डलाई हराउन आफूहरुले भनेको व्यक्तिलाई टिकट दिन भन्दै नारावाजी गरे पनि एमाले केन्द्रले भने रामकृष्ण दुवालको नाम चर्चामा ल्याएको छ ।

अघिल्लो चुनावमा काठमाडौं १० मा प्रचण्डको २३ हजार २ सय ७७ मत आएको थियो भने एमालेका सानुकुमार श्रेष्ठ ८ हजार ५ सय ६८ मत ल्याएर तेस्रो स्थानमा खुम्चनुभएको थियो । प्रचण्डका निकटमत प्रतिद्वन्दी कांग्रेसका राजेन्द्रकुमार केसीको १२ हजार १ सय ५४ मत आएको थियो । कांग्रसको भन्द ४ हजार कम र एमामाओवादीको भन्दा १५ हजार कम मत ल्याएको एमालेले प्रचण्डलाई पराजीत गर्न नसक्ने एमाओवादी कार्यकर्ताको दाबी छ ।

भिडियो


0 comments

Write Down Your Responses