आलममाथिको आक्रमणमा आजदेखि छानिबिन
काठमाडौं, २० असोज । सरकारले एमालेका प्रत्यक्ष उम्मेदवार महमुद आलममाथि भएको गोली आक्रमणको आजदेखि छानबिन सुरु गर्ने भएको छ ।
शुक्रबार अज्ञात व्यक्तिहरुबाट भएको गोली प्रहारको घटनाका सम्बन्धमा छानबिन गर्न शनिबार सरकारले एआईजी दिनकर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले आज घटनास्थल पुगी छानबिन सुरु गर्ने जनाएको छ ।
निर्वाचन प्रचार क्रममा रहेका आलममाथि गोली प्रहार गरिएको भोलिपल्ट गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो । छानबिन समितिमा मध्यमाञ्चलका डीआईजी विज्ञानराज शर्मा र राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय कार्यालय, मध्यमाञ्चलका अनुसन्धान निर्देशक डीआईजी देवराज भट्ट सदस्य छन् ।
समितिलाई सो घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । आलमलाई नेकपा एमालेले बारा जिल्लाको क्षेत्र नंवर ४ को प्रत्यक्ष उम्मेदवारमा चयन गरेको थियो ।
0 comments
Write Down Your Responses