मलेसियामा २३ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ
रामचन्द्र नेपाल
१८ असोज, क्वालालम्पुर । क्वालालम्पुरमा रहेको व्यापारिक भवन ‘माउन्ट कियरा’मा कार्यरत २३ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ परेका छन् ।
इमिग्रेसन र प्रहरीले संयुक्तरुपमा छापा मार्दा त्यहाँ काम गरिरहेका नेपाली कामदार पक्राउ परेका हुन् । बिहीबार राति भएको सो छापामा पक्राउ परेका सेक्युरिटी गार्डहरु प्रायःजसो भिषाको म्याद सकिएपछि पनि काम गरिरहेको, कतिपयका पासपोर्ट मालिकले राखेको र केहीको भिषा भए पनि अन्य क्षेत्रको भएको र सेक्युरिटी गार्डको काम गर्न नपाउने भएका कारण पक्राउ परेको शुक्रबार प्रकाशित स्थानीय पत्रिका द स्टारले उल्लेख गरेको छ ।
पक्राउ परेकाहरुलाई इमिग्रेसन डिटेन्सन सेन्टरमा राखेर कानुनअनुसार छानबिन गरिने इमिग्रेसन डेपुटी एसिस्टेन्ट डाइरेक्टर मोहम्मद लाजात मोहम्मद जमिलले जानकारी दिनुभयो । साथै हालैका दिनमा हल्ला चलेअनुसार पुनः ६ पी कार्यक्रम नखुल्ने र ठगिएकाहरुको हकमा भने अनुसन्धान गरेर उनीहरुलाई कानुनी हैसियत दिलाउने समाचारमा बताइएको छ ।
0 comments
Write Down Your Responses