दसैंमा कान्छी भित्र्याउने प्रयासमा पारस
२ असोज, काठमाण्डौं । पूर्वयुवराज्ञी हिमानी यतिबेला थाइल्यान्डको मनोरम पहाडी शहर चाङमाई छिन् । पति पारससँग अन्तिम बिन्तिभाउ बिसाउन उनी त्यहाँ पुगेकी हुन् । त्यसरी थाइल्याण्ड नै पुगेर हिमानीले बिन्ती बिसाइरहेको विषय हो, परिवारिक सम्बन्धको ।
पूर्वराजा ज्ञानेन्द्रलाई मात्रै यो कुार थाहा थियो, दसैं मान्न देश फिर्कने छोरो एक्लै आउँदै छैनन्, ‘कान्छी महारानी’ पनि साथमा ल्याउने तयारीमा छन् । तर, ‘कान्छी’ लिएर आउनेबारे ज्ञानेन्द्रले ‘हुन्छ/हुन्न’ केही भनेका छैनन् । पारससँग प्रेमिका साथमा रहेको हिमानीले राम्रैसँग पत्तो पाए पनि ल्याइहाल्ने विश्वास गरेकी थिइनन् । तर, गत साता ससुरा ज्ञानेन्द्रले खुलस्तै बताइदिए कि, पारस थाई युवतीसहित दसैंमा घर आउँदैछन् र साइतकै टीकाटालो लाएर उनलाई भित्र्याउनुपर्ने भयो ।
मुटुको रोगीलाई तनाव पुग्ने गरी कुनै दबाब दिन नमिल्ने, त्यसमाथि अम्मल त्यागे पनि ‘झडङ्ग’ सन्किने बानीबाट मुक्त नभएका कारण कान्छी भित्र्याउने पारसको योजनालाई बुहारीको प्रयासबाट मात्र असफल बनाउने सकिने ठहरसहित गत शुक्रबार हिमानीलाई थाइल्याण्ड पठाएको जनआस्था साप्ताहिकमा खबर छ । पहिला बैंककमै बसेका पारसले डेढ महिनादेखि ठेगाना बदलेका छन्, चियाङमाई शहरमा । थाहा छैन, हिमानी पुगेपछि उनी उद्देश्यमा कित सफल भइन ? स्रोतले जनाएअनुसार, पारस कुनै हालतमा ‘मुड बदल्ने’ पक्षमा छैनन् ।
0 comments
Write Down Your Responses