नेपालको पेनाल्टी रोक्ने अफगानी गोलकिपरलाई २० हजार डलर
|
राजधानीमा जारी आठौँ संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो नेपालविरुद्धको पहिलो सेमिफाइनलमा नेपाली डिफेन्डर रोहित चन्दले प्रहार गरेको पेनाल्टी रोक्ने अफगानिस्तानका गोलकिपर मन्सुर फगिरयारले २० हजार अमेरिकी डलर पाउने भएका छन् ।
अफगानिस्तानका राष्ट्रपति हामिद कारजायीले पुरस्कृत गर्न स्वीकृति जनाएपछि बुधबार अफगानीस्तानको सरकारले उनलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो।
मन्सुरले नेपालसँगको सेमिफाइनल भिडन्तमा नेपाली स्ट्राइकर विमल घर्तीमगरलाई डिएरियामा लडाएपछि नेपालले पाएको लगातार दुई पेनाल्टीलाई रोकेका थिए ।
|
0 comments
Write Down Your Responses