National News
»
लाजै मर्नु ! आफू भन्दा १४ वर्ष जेठी अर्काकी स्वास्नी विहे गर्न नपाएको भन्दै आत्महत्या
लाजै मर्नु ! आफू भन्दा १४ वर्ष जेठी अर्काकी स्वास्नी विहे गर्न नपाएको भन्दै आत्महत्या
१ असोज, जाजरकोट । कहिले काँही सुन्दै अचम्मका घटना घट्छन् । कति नियोजित त कति आफैं । जाजरकोटमा भने नियोजित घटना घटेको छ तर लाज लाग्दो र दुखद । घटना हो अर्काको स्वास्नीसँग बिहे गर्न नपाएको झोकमा आत्महत्या गरेको छ ।
प्राप्त समाचार अनुसार आफू भन्दा १४ वर्ष जेठी अर्काकी श्रीमतीसँग विवाह गर्न नपाएको भन्दै जाजरकोटका एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको सीमा गाविस वडा नम्वर ९ का २४ वर्षीय उदय परियारले स्थानिय बजारमा पसल गरी बस्ने सल्यान बामेकी ३८ वर्षीया बिर्मी नेपालीसँग विहे गर्न नपाएपछि झुण्डिएर आत्महत्या गरेका हुन् ।
बिर्मीका पति केही समयअघि मात्रै बैदेसिक रोजगारीमा गएका छन् । बिर्मीलाई लिएर भाग्ने उदयको चाहना अरुले थाहापाए पछि विहे गर्न संभव नदेखेपछि परियारले झुण्डीएर आत्म हत्या गरेका हुन् । उदयका २ छोरा र एक छोरी छन् । उदयकी श्रीमती सुत्केरी भएको जम्मा २१ दिन पुगेको छ ।
पहिले देखीनै हिमचीम बढी गर्ने गरेका बिर्मी र परियार बिर्मीको पति बैदेशीक रोजगारीमा गएपछि अझ बढी नजिकिएका थिए । यिनीहरुले भाग्ने योजना बनाएको घटना पत्ता लागेपछि परियार केहीदिन देखी निरास थिए । भाग्न पाउने अवस्था नरहेको र बिहे गर्ने संभावना पनि नदेखेपछि लाज र आत्मग्लानीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसमा बिर्मीले समेत परियारसँग सम्वन्ध रहेको स्विकारेको बताइएको छ ।
0 comments
Write Down Your Responses