दलित युवकसँग प्रेम गरेको भन्दै दाईहरूले झूण्डाए एक किशोरीलाई


२९ भदौ, काठमाडौ । भारतको तिरूनेभेली १७ वर्षीय किशोरीलाई उनका आफ्नै दाईहरूले झुण्ड्याएर मारेका छन् । एक दलित युवकसँग प्रेम गरेको भन्दै बहिनीलाई झुन्ड्याएर मारेका हुन् । दुई दाजुभाईले आफ्नै बहिनीलाई घरमै झुन्ड्याएर मारेका हुन् ।



बहिनीलाई झुन्ड्याएर मार्ने २४ वर्षीय मुरूगन र २० वर्षीय सोदालाईमुथुलाई बहिनी मारेको आरोपमा प्रहरीले ती दुईलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ । किशोरीले आफ्नो विवाहका लागि प्रेमीलाई परिवारसँग भेटाएका थिए । उनीहरूले प्रेमीसँग विवाह गर्ने कुरा गरेर घर फर्के । तर, जब उनीहरू घर आइपुगे तब किशोरीलाई कुट्न थाले र बिर्सिन भने । यसरी कुट्ने क्रममा किशोरीले बिर्सिन नसक्ने बताएपछी दुई दाजुभाई मिलेर डोरीले बाधेँर घरभित्र नै झून्ड्याइदिएका थिए । यसरी झुण्ड्याएपछी आत्महत्या भनेर आफू फुत्कन पाइने समेत उनीहरूको विश्वास थियो ।

तर, जब प्रहरीले घटनाबारे अनुसन्धान थाल्यो तब त्यो आत्महत्या नभई हत्या भएको पत्ता लगायो र दुवै दाजुभाईलाई पक्राउ गरी बयान लिँदा आफुहरुले झुण्ड्याएको स्विकार गरे ।


0 comments

Write Down Your Responses