बैंककमा थाई एयरको विमान दुर्घटना
२४ भदौ, काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स थाई एयरवेजको जहाज आइतबार थाइल्याण्डको सुवर्णभूमि एयरपोर्टमा दुर्घटना भएको छ ।
दक्षिण चीनको गोञ्जाउबाट थाइल्याण्डतर्फ उडेको ‘एयरवस ३३०-३३०’ विमानस्थलको धावनमार्गमा ल्याण्डिङ गर्दा दुर्घटनामा परेको हो । दुर्घटनमा दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।
एयरवसले २८८ यात्रु र १४ जना चालक दलका सदस्यहरु बोकेको थियो । एयरवसको ल्याण्डिङ गियरले काम नगरेपछि जहाज धावनमार्गमै दुर्घटना भएको थियो ।
आइतबार अबेर राति दुर्घटना भएको जहाज सोमबार बिहान चौरमा देखिएको थियो । कर्मचारीहरुले एयरवेजको छवि जोगाउन जहाजको नाम र लोगो ब्लाक आउट गरेका थिए । चौरबाट जहाज हटाउन २४ घन्टा लाग्ने क्यारियरले बताएको छ । जसले अन्य उडान ढीलो हुन सक्छ ।
जहाज पूर्णरुपले रोकिनुअघि नै क्याप्टेनले जहाजलाई नियन्त्रणमा लिइसकेका थिए । यात्रुहरुलाई आकस्मिक अवतरण गरिएको थियो । १४ जना यात्रु आकस्मिकरुपमा बाहिरिादा सामान्य घाइते भएका छन् । उनीहरुलाई तुरुन्तै अस्पताल लगेर उपचारपछि डिस्चार्ज गरिएको छ ।
यो दुर्घटना दर्जनौं यात्री र चालक दल सदस्य घाइते भएको एक हप्तामै भएको छ । यसअघि थाईको ए ३८० सुपर जम्मो विमान बैंककबाट हङकङ जाने क्रममा दुर्घटनामा परेको थियो ।
0 comments
Write Down Your Responses