प्रमोदको आवाजमा सोनु निगमदेखि कुमार सानुसम्म (भिडियो)
|
गायक प्रमोद खरेलको परिचय कुशल गायकीमा मात्र सिमित छैन । उनी राम्रो गीत त गाउछन् नै त्यति नै स्तरिय क्यारिकेचर पनि गर्छन् । उनको आवाजमा भारतका चर्चित गायक सोनु निगम, कुमार सानुको समेत स्वर निस्कन्छ ।
अनलाइनखबरसँगको बिशेष कुराकानीका क्रममा प्रमोदले विभिन्न चर्चित नेपाली तथा भारतीय गायकहरुको आवाजमा गीत गाए । हालै मात्र ‘हंगामा भो’ बोलको गीत बजारमा ल्याएका प्रमोदले आफूलाई साधारण स्वभावको व्यक्ति भन्न रुचाए ।
ब्याडमिन्ट खेल्ने क्रममा हात भाँच्चिएपछि प्रमोदले केही समय अप्ठ्यारोसँग बिताए । भारतका चर्चित गायक सोनु निगमका फ्यान प्रमोदले सानैबाट विभिन्न कलाकारहरुको क्यारिकेचर गर्न थालेको सुनाए । उनले नेपालका केही राजनीतिज्ञहरुको पनि क्यारिकेचर गर्न सक्छन् ।
|
0 comments
Write Down Your Responses