Entertainment
»
हनिमुन मनाउन पुगेका आर्यन र पूजाको लोभलाग्दो रोमान्स(फोटो फिचरसहित)
हनिमुन मनाउन पुगेका आर्यन र पूजाको लोभलाग्दो रोमान्स(फोटो फिचरसहित)
चकलेटी प्लेब्वाइको भूमिकामा देखिदै आएका नायक आर्यन सिग्देललाई उनकै रोजाइका निर्देशक सुदर्शन थापाले पुन एकपटक यस्तै भूमिकामा पर्दामा देखाउने भएका छन् । थापाको निर्माण तथा निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘मधुमास’मा आर्यनलाई २ युवतीसँग रोमान्स गर्दै गरेको अवस्थामा देखिनेछ ।बाबुराम दाहालको समेत लगानी रहेको यो चलचित्रमा आर्यनको साथमा पूजा शर्मा , सिवांगिनी राणा, मनोज आरसीको मुख्य भूमिका छ । मधुमास शब्दले हनिमुनको अर्थ बोल्दछ । चलचित्रमा दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दिपक बज्रचार्यको छायांकन, हिमाल केसीको द्वन्द्व छ ।

चलचित्रको छायांकन काठमाण्डौ, लुम्बिन, पाल्पाको रानी महल, धादिङ लगायतका क्षेत्रमा गरिएको छ । फ्राइडे फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रले आर्यनलाई नयाँ परिचय दिने विश्वास निर्माणपक्षको छ । निर्माणपक्षले अनलाइनखबरलाई उपलब्ध गराएको तस्बिरमा नायक आर्यन सिग्देल र कलाकार पूजा शर्माको लोभलाग्दो रोमान्स देख्न सकिन्छ ।
चलचित्रमा प्रयोग गरिएका दृश्यले समेत ‘मधुमास’ आखा लोभ्याउने चलचित्र बनेको विश्वास गर्न सकिन्छ । यो चलचित्र कात्तिक १५ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।
पुरा भिडियो तल बक्समा क्लिक गरि हेर्नुहोस
0 comments
Write Down Your Responses