Health
»
क्यान्सरबाट बच्ने उपाय सिकाइन मनिषा कोइरालाले |
क्यान्सरबाट बच्ने उपाय सिकाइन मनिषा कोइरालाले |
२८ भदौ, काठमाडौ । चर्चीत अभिनेत्री मनिषा कोइरालाले क्यान्सर रोग हुन नदिन पहिलै सावधानी अपनाउनु पर्ने बताएकी छिन् । जीवन शैली र खानपानमा सजगता अपनाए क्यान्सर रोगबाट मुक्त हुन सकिने मनिषाको भनाइ थियो ।
काठमाडौको याक एण्ड यती होटलमा आयोजित क्यान्सर रोग सम्बन्धी अन्तराष्ट्रिय गोष्ठीको उदघाटन गर्दै मनिषाले पूर्व सावधानीले क्यासर रोगबाट बच्न सकिने बताएकी हुन ।
क्यान्सरको सफल उपचार गरेको उल्लेख गर्दै मनिषाले जीवन शैली र खानमानमा ध्यान दिए क्यान्सर रोगबाट मुक्त हुन सकिने बताइन ।
कार्यक्रममा डा अन्जनी कुमार शर्मा, राजेन्द्र बराल लगायतले जीवन शैलीमा सुधार गर्नसके क्यान्सर रोगवाट बन्च सकिने बताएका थिए । धुम्रपान र सुर्ती सेवनबाट क्यान्सर रोगको कारक भएको भन्दै त्यस्ता अम्मल त्याग्नु पर्ने चिकित्सकहरुले बताएका थिए ।
क्यान्सर रोगको उपचार गरेकी अभिनेत्री कोइरालालाइ क्यान्सर सम्बन्धी अन्तराष्टिय गोष्ठीको प्रमुख अतिथि बनाइएको हो । कार्यक्रममा सहभागि हुन नेपाल आएकी मनिषा केही दिन काठमाडौमै रहने छिन ।
0 comments
Write Down Your Responses