बाबुरामले नेपाल भित्राए बर्डफ्लु
६ भदौ, काठमाडौ । एमाले निकट अखिल नेपाल किसान महासंघले नेपालमा बर्डफ्लु भित्रिनुमा एमाओवादी वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दोष रहेको आरोप लगाएको छ ।
.jpg)
राजधानीमा बिहीबार पत्रकार सम्मेलनमा महासंघले तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय कृषि उत्पादनमा 'डम्पिङ चार्ज' हटाएपछि बहुराष्ट्रिय कम्पनी केएफसीले भित्र्याउने मृत कुखुराको मासुबाट नेपालमा बर्डफ्लु भित्रिएको आरोप लगाएको छ । महासंघका अध्यक्ष बामदेव गौतमले
केएफसीले भारतबाट आयात गरेको कुखुरा धादिङमा परीक्षण गर्दा बर्डफ्लुको जिवाणु पाइएको भन्दै उक्त कार्यका लागी बाबुराम दोषी रहेको बताएका छन् ।
कार्यक्रममा जारी प्रेस विज्ञप्ति मार्फत महासंघले मानवमा बर्डफ्लु नफैलिने गरी तत्काल वैज्ञानिक ढंगले बर्डफ्लु नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने, रोग लागेका पंक्षीलाई सुरक्षित रुपमा नष्ट गर्नु पर्ने, किसानलाई बास्तविक क्षतीको आधारमा क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, रोगलागेका कुखुरा विक्री वितरण गर्नेलाई कारवाही गर्नु पर्ने, किसानको ऋणमा ब्याज मिनाहा गर्नुपर्ने, कुखुरा ब्यवसायको पुनस्थापनाकोलागि राहत प्याकेज ल्याउनु पर्ने माग गरेको छ ।nepaliheadlines
0 comments
Write Down Your Responses