करेन्ट लगाएर माछा मार्दा एकको मृत्यु
|
९ भदौ, झापा । झापाको अर्जुनधारामा विजुलीको करेण्ट लगाइ माछा मार्ने क्रममा आफैलाई करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।
अर्जुनधारा ४ स्थित बाह्रदशी खोलामा करेण्ट लगाई माछा मार्दै गर्दा करेण्ट लिकभइ बेहोस भएका सोही स्थानका ४५ बषिर्य विष्णु बिर्जलेको उपचारका क्रममा मृत्यु भएको हो । करेण्ट लागेर वेहोस भएका बिर्जलेलाई देख्नासाथ स्थानियले उपचारार्थ नजिकैको शंकर अस्पताल शनिस्चरे पुर्याएका थिए ।
उपचारका क्रममा गएराति बिर्जलेको मृत्यु भएको हो । शवलाइृ पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर लगिएको छ भने घट्नाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालय झापाले जनाएको छ ।
|
0 comments
Write Down Your Responses