‘बोक्सी भएको स्वीकार, नत्र गोली हान्छु', भने


८ भदौ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ उत्तराईटोलका दुई आमा छोरीले बोक्सीको आरोप लगाएको भन्दै स्थानीय ६ जना बिरुद्ध कारबाहीको माग गदै शुक्रवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा किटानी जाहेरी दिएका छन् ।



आफूहरुमाथि लामो समयदेखि वोक्सीको आरोप लगाउदै गाउँमा पटपटक अपशव्द बोलेर शारिरिक र मानसिक यातना दिई कुटपिट गरेको भन्दै उत्तराईटोलकी आमा आशादेवी चौधरी र छोरी पवी चौधरीले जिप्रका उदयपुरमा किटानी जाहेरीसहित कारबाहीका लागि उजुरी दिएका हुन् ।

उनीहरुले सोहि ठाँउका कारीचन चौधरी, रविलाल चौधरी, झगडु सदा, रविन्द्रकुमार चौधरी, सुनिताकुमारी चौधरी र प्रविणप्रसाद चौधरी माथि कारवाहिको माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

बोक्सी भन्दै अपशब्द बोल्ने, गाँउमा मानिस वा जीवजनावर विरामी भएमा बोक्सीले गर्दा यस्तो भएको भन्दै सधैजसो मानसिक तनाव दिने गरेकाले शैय नभएर प्रहरीमा न्यायका लागि उजुरी दिएको आमा आशादेवीले बताईन् ।

गत मंगलबार राति ११ बजे कारिचन र रविलाल सहितको टोलीले छोरी पवीलाई घरबाट जवरजस्ति उठाएर कुटपिट गर्दै नजिकैको भगवती मन्दिरमा लगेको आशादेवीले बताईन । ‘कुट्दै मन्दिरमा लगेर बोक्सी हुँ भन्न लगाए,’ छोरी पवीले भनिन–‘यदि बोक्सी स्विकार्दिनस भने तँलाई गोली ठोकेर यहिँ मार्दिन्छु भन्दै कुटपिट गरे ।’

यसवर्ष मात्रै एसएलसी सकाएर बसेकी उनलाई सुरुमा आफैसंग पढ्ने सहपाठि साथिले बोक्सीको आरोल लगाएको बताईन् । २०६७ सालमा पनि उनीहरुलेनै आशादेवीलाई बोक्सीको आरोप लगाई प्रहरीमा उजुरी गरेपछि ईलाका प्रहरी कार्यालय जलजलेले आईन्दा यस्तो गल्ति नगर्ने सहमतिमा मिलापत्र गरिदिएको थियो ।

‘मिलापत्रले कामै दिएन,’ आशादेवीले भनिन–‘फेरी जेठदेखि बोक्सीहोस भन्दै छोरीलाई कुटपिट गर्छन, सहनै नसकेपछि प्रहरीको शरणमा आएका छौँ ।’ ‘सवै गाउँलेले बोक्सी भन्छन्, छोरी ठुली भईसकेकाले दिन दिनै विहे गर्ने बेला भएको छ, गहभरि आँशु पार्दै,’ आशादवीले भनिन्–‘विह गर्नेबेलामा यस्तो आरोप लगाउछन अव कसरी छोरीको विहे गरिदिनु ?’

छोरीको चिन्तालेनै दुई दिन देखि खाना नखाएको उनले भनिन । यस विषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक बाबुराम पौडेलले आमाछोरीमाथि भएको दुब्र्यहारको छानवीन गरी दोषी माथि कार्वाही गर्ने वताए ।

मुलुकी ऐनको अदातति बन्दोबस्ती महल १० को ‘ख’ मा बोक्सीको आरोपमा कुनैपनि महिलामाथि दुव्र्यवहार गर्नेलाई तीन महिनादेखि दुई बर्ष सम्म कैद वा रु पाँच हजार देखि रु २५ हजारसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ।

कतिपय घट्नाहरुलाई समाजमै मिलाउने गरिएपनि कानुनि कारवाहि गरिनुपर्ने पीडितहरुको माग रहेको छ । (स्रोतः ओएनएस न्युज डट कम)


0 comments

Write Down Your Responses