कैदीले मलद्धारमा मोबाइल लुकाएर जेलभित्र पुर्याएपछी... |
६ भदौ, एजेन्सी । जेलमा हरेक कैदीले आफूले प्रयोग गर्न चाहेको सामान जेल नदिँदा सकेसम्म लकाएर भित्र पुर्याउने र लुकाएर राख्ने गर्छन् । सकेसम्म जेल प्रशासनसँग लुकेर र लुकाएर त्यस्ता प्रतिबन्धित सामानहरूको प्रयोग गरिन्छ ।

यसरी जेलभित्र लुकाएर सामान लगेको खुलेको छ श्रीलंकाको एक जेलमा । श्रीलंकाको राजधानी कोलम्बोको वेलिकाँडा जेलमा प्रशाशनले जाँच गर्ने क्रममा यस्तो घटना फेला पारेका हो । घटना पनि निकै अचम्मको छ ।
एक कैदीले जेलमा प्रयोग गर्न नपाइने मोबाइल फोन जेलमा पुर्याएको थियो । ५८ वर्षिय एक कैदीले मोबाइल फोन आफ्नो मलद्धारमा राखेर जेलभित्र पुर्याएका थिए । यस्तो गोप्य स्थानमा लुकाउँदा प्रहरी प्रशासनले कसरी थाहा पायो त भन्ने प्रश्न पनि उब्जिन सक्छ ।
प्रहरी प्रशासनले कसैले यस्ता सामान ल्याएको छ या छैन् भनेर जाँच्ने क्रममा ती व्यक्तिको मोबाइल बजेपछी प्रहरीले मोबाइल खोज्दा ती व्यक्तिको मलद्धारमा मोबाइल भएको भेटिएको थियो । त्यसपछी प्रहरीले ती व्यक्तिलाई अस्पताल पुर्याएर उक्त मोबाइल निकालेको थियो । दुईदिनसम्म अस्पतालमा राखेर ती व्यक्तिलाई पुनः जेल चलान गरिएको छ ।
ती व्यक्तिलाई एक अपराधका लागी १० वर्षको जेल सजाय सुनाइएको थियो ।<
0 comments
Write Down Your Responses